धादिङ । धादिङबेसी सदरमुकाममा जिल्ला तथा राष्ट्रिय स्तरीय तेस्रो मेयर कप ब्याडमिण्टन प्रतियोगिता आज (बुधबार) बाट सुरुभएको छ । आज भएको जिल्ला स्तरीय प्रतियोगिताको खुल्ला तर्फ क्वाटर फाईनल चरण प्रबेस गरेको छ भने राष्ट्रिय स्तरको खेल बिहिबारबाट हुने बताईएको छ ।
जिल्ला ब्याडमिन्टन संघ धादिङको व्यवस्थापन तथा नेपाल ब्याडमिन्टन संघ काठमाडौंको प्राविधिक सहयोगमा राष्ट्रिय तथा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा राष्ट्रिय पुरुष सिंगल तर्फ प्रथम ५१ हजार, दितिय ३४ हजार र तृतीय २० हजार, राष्ट्रिय महिला सिंगल तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, राष्ट्रिय यु १७ पुरुष सिंगल तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतीय १२ हजार, राष्ट्रिय यु १७ महिला सिंगल तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतीय १२ हजार, महिला डवल ९टप २० भन्दा बाहेक० प्रथम ४० हजार, दितिय २५ हजार र तृतीय १८ हजार पुरस्कार रहेको छ ।
यस्तै राष्ट्रिय पुरुष डवल ४५ प्लस तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, राष्ट्रिय पुरुष डवल ५५ प्लस तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, राष्ट्रिय तर्फ खुल्ला निर्वाचित जनप्रतिनिधि स्तरीय पुरुष डवल तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, जिल्ला स्तरीय पुरुष डवल बी लेवल, राष्ट्रिय पुरुष तर्फ प्रथम ३० हजार, दितिय २० हजार र तृतीय १५ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।