धादिङ । जिल्ला खेलकुद विकास समति धादिङले जिल्लाका खेलकुद संघहरुलाई बोलाई मंगलबार (हिजो) बागमती प्रदेश स्तरीय दोस्रो खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने मिति तय गरि छनोटको मिति तय गरेको थियो ।
बैठकमा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले चैत्र २५ गते भलिबल र फुटबलको उद्घाटन गर्न बागमती प्रदेशका खेदकुद सदस्य सचिव ल्याउने र उद्घाटन कार्यक्रमलाई भव्य बनाउने बताएका थिए । बैठक लग्गतै मंगलबार बेलुका खेलाडी छनोट गर्नेबारे जिल्ला अध्यक्ष प्रतापसिंह तामाङ सूचना समेत जारी गरेका थिए ।
जिल्ला खेलकुदको सूचना जारी भएपनि संघहरुले पनि खेलाडी छनोटका लागि भनेर आफ्नै तरीकाले प्रचार-प्रसारमा गरे । तर बुधबार बिहानै अध्यक्ष प्रतापसिंह तामाङले अर्को सूचना जारी गर्दै, अर्को सूचना जारी नहुँदा सम्म खेलाडी छनोट कार्यक्रम स्थगित भएको जनाएका छन् ।
जिल्ला शाखाहरुले धमाधम खेलााडी छनोटका कार्यक्रमहरु गरि रहँदा प्रदेश खेलकुद परिसदले नै अहिले छनोट नगर्न आव्हान गरेकोले जिल्ला छनोट प्रक्रिया रोकिन पुगेको बताईएको छ । स्रोतका अनुसार प्रदेश खेलकुद परिषदले तोकिएको विधा घटाएर बागमती प्रदेश दोस्रो खेलकुद प्रतियोगिताको आयोजना गर्ने गरि तयारीमा जुटेकोले जिल्लामा छनोट खेलहरु प्रभावित बन्न पुगेका हुन् ।