प्रधानमन्त्री प्रचण्डको सय दिनको उपलब्धि सार्वजनिक (पुर्ण पाठ)

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २०, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सय दिनमा गरेको उपलब्धिहरूको सूची सार्वजनिक गरेको छ। १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आफू सरकारको नेतृत्वमा आएपछि आर्थिक क्षेत्रलगायतमा सुधार भएको दाबी गरिएको छ ।

३७ बुँदे उपलब्धिमा जनताको विकास र समृद्धिका सपनालाई पूरा गर्ने, मुलूकमा विकास निर्माणका कामलाई गति दिने, अर्थतन्त्रलाई सङ्कटमुक्त बनाई आर्थिक क्रियाकलापहरूलाई पुनः चलायमान र तीव्र बनाउने, वैदेशिक मुद्रा सञ्चिति, मौद्रिक तरलता र कर्जाको स्थितिमा सुधार गरी निजी क्षेत्रको मनोबल उच्च बनाउने समेटिएका छन् । यस्तै, सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र नागरिक मैत्री बनाउने भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने तथा राज्यको सबै तह र संरचनामा सुशासन, सदाचार र जवाफदेहिता कायम गर्ने कुरालाई सरकारले जोड दिँदै आएको उल्लेख छ ।

लघुवित्त वित्तीय संस्थाहरुले लिएको अतिरिक्त सेवा शुल्क बापतको रकम १ अर्ब ६० करोड रुपैयाँ फिर्ता गर्ने, लघुवित्तहरुले वार्षिक १.५ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाउने, एउटा ग्राहकले एउटाभन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्था मिलाइएको छ। आर्थिक एवं बैंकिङ क्षेत्रका समसामयिक विषयमा छलफल गरी समस्या समाधान गर्न सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा निजी क्षेत्र, लघु वित्त, नेपाल बैंकर्स संघ, नेपाल राष्ट्र बैंकसमेतको सहभागितामा उच्चस्तरीय बैठक आयोजना गरिएको छ। यी सुधारका प्रयासको फलस्वरुप अर्थतन्त्रका बाह्य क्षेत्रका महत्वपूर्ण सूचकहरु जस्तै : सोधनान्तर स्थिति, चालु खाता, विप्रेषण आप्रवाह, विदेशी विनिमय सञ्चिति आदिमा सुधार देखिएको छ,’ विवरणमा भनिएको छ।

(पुर्ण पाठ)