धादिङ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ धादिङको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा मदन खड्का चयन भएका छन् । शनिबार सम्बन्न अधिवेसनले खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
नेपाल खेलकुद महासंघको केन्द्रिय उपाध्यक्ष तथा बागमति प्रदेश ईन्चार्ज धर्म कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनले उपाध्यक्षमा रुबिना थापा, कपिन्द्र बानियाँ, सचिवमा प्रदिप थापा, उपसचिवमा रोहित गुरुङ, रोशन घले र कोषाध्यक्षमा निर्मल श्रेष्ठलाई निर्वाचित गरेको छ ।