धादिङ ब्याडमिण्टन संघको अध्यक्षमा विष्णुलाल श्रेष्ठ चयन

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १८, २०७९

धादिङ । जिल्ला ब्याडमिण्टन संघको अध्यक्षमा पुन: विष्णुलाल श्रेष्ठ चयन भएका छन् । धादिङबेसीमा शनिबार सम्पन्न साधारण सभाबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि फेरि अध्यक्षमा चयन भएका हुन् ।

सधारण सभाले आगामी कार्यकालका लागि उपाध्यक्षमा राजेन्द्र अधिकारी, रामचन्द्र गिरी, सचिवमा भिषण श्रेष्ठ , कोषाध्यक्षमा लक्ष्मीकुमार श्रेष्ठ र सदस्यहरुमा रामसिंह तामाङ, राजकुमार श्रेष्ठ, नवराज सिलवाल, रामकुमार श्रेष्ठ, रमेश ढकाल, महिला सदस्यमा रेखा अधिकारी पण्डित, सरस्वती थापा, अन्जान श्रेष्ठलाई चयन गरेको छ ।

जिल्ला ब्याडमिण्टन संघ धादिङले यहि चैत्र २२ गते देखि २५ गते सम्म जिल्ला तथा राष्ट्रिय स्तरको ब्याडमिण्टन प्रतियोगिता समेत गर्दै छ ।