धादिङमा बहुमुल्य धातु रेड मर्करीको प्रलोभन देखाई ठगी गर्ने ३ जना पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १५, २०७९

धादिङ । प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले बहुमुल्य धातु रेड मर्करीको प्रलोभन देखाई ठगी गर्ने धादिङको नीलकण्ठ नगरपालिका ९ सालबोटे बस्ने २३ वार्षिय राजेश लम्साल, ज्यामरुङ बस्ने ४० वर्षिय प्रेम बहादुर गुरुङ र रेड मर्करी बिक्रि गर्ने धादिङको गंगाजमुना–२ बस्ने २६ वर्षिइ सुकु लामा तामाङलाई पक्राउ गरेको छ ।

पक्राउ परेका लम्सालको साथबाट ६ लाख ४४ हजार ९ सय ५०, गुरुङको साथबाट ६ लाख ५ हजार गरी १२ लाख ४९ हजार ९५० रुपैँया समेत बरामद गरेको छ । पक्राउ परेका ३ जनालाई आपराधिक लाभ (एक्सटर्सन) विरुद्धको कसूरमा मुद्धा चलाईने प्रहरीले जनाएका छ ।

“रातो पारो (रेड मर्करी) एउटा अति नै बहूमूल्य धातु हो, जुन धातुले सुनलाई तान्न सक्ने र लसुनले छोयो भने बत्ति बल्न सक्छ । यो धातुको अन्तराष्ट्रिय मुल्य करौडो रुपैया पर्छ । हामी संग रातो पारो बेच्ने मानिस सम्पर्कमा छ, १५ लाख भनेको छ, त्यो हामी सबै मिलि पैसा उठाएर किनि अन्तराष्ट्रिय बजारमा बेच्न सक्यौ भने हामी रातारात मालामाला हुन्छौं ।” भनि स्थानीय सोझा साझा नागरिकहरुलाई झुक्काई लोभ पारी Youtube Video समेत देखाई पैसा उठाई उक्त पैसाबाट रेड मर्करीको खरिद बिक्री (dealing) भैरहेको छ भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।