धादिङमा झुटो विवरण पेश गरि जन्म दर्ता बनाउने ३ जना पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र १०, २०७९

धादिङ । धादिङ ज्वालामुखी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ५७ को श्याम बहादुर नगरकोटी र निजको श्रीमती बर्ष ५७ की हिममाया नगरकोटीले मिति २०७९।१२।०८ गतेका दिन ज्वालामुखी गाउँपालिका ६ नम्बर वडा कार्यालयमा गई जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं.१२ टाँडी घर बताउने बर्ष २२ को अमिर खानलाई आफ्नो छोरा रोशनी नगरकोटी हो भनि झुटो विवरण पेश गरेकाे अाराेपमा पक्राउ परेका छन् ।

दिई सम्बन्धित वडा कार्यालयबाट जन्म दर्ता प्रमाण पत्र बनाई सोही आधारमा नेपाली नागरिकता (वंशज) प्रमाणपत्रको लागि अनुसुची १ बमोजिमको फारम समेत भरी सकेकोमा सम्बन्धित वडा कार्यालयले शंका गरी प्रहरीलाई जानकारी गराउँदा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।

उनीहरुलाई झुटो विवरण पेश गरी जन्म दर्ता प्रमाण पत्र बनाएको कसुरमा दर्ता नं. १८६ मिति २०७९।१२।१० मा मुद्दा दर्ता गरी सम्मानित धादिङ जिल्ला अदालतबाट दिन ४ को म्याद थप गरी प्रहरी हिरासतमा राखी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएकाे छ ।