गठबन्धनको बैठक निष्कर्ष विहीन, आज पुनः बस्ने

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र २, २०७९

काठमाडौं । काठमाडौं । शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि सहमति गर्न १० दलको बालुवाटारमा बुधबार साँझ बसेको बैठक निष्कर्षमा पुग्न सकेन । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । उपराष्ट्रपतिका लागि गठबन्धनबाट तीन र एमालेबाट एक जनाको उम्मेदवार परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिहीबार पुनः बस्नेगरी बिनानिष्कर्ष टुंगिएको हो ।

सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए । त्यसैगरी, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।

नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहको उपस्थिति रहेको बताइएको छ । सत्ता साझेदार दल जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव, प्रमिलाकुमारी यादव, जनमतबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेरवादी दिएका छन् । यद्यपि, जनता समाजवादी पार्टीकी उम्मेदवार प्रमिलाकुमारी यादवले भने यसअघि नै उम्मेदवारी फिर्ता लिने मौखिक जानकारी गराएकी छन् । राजधानी दैनिकमा खवर छ ।