बैकिङ कसुर मुद्दामा फरार धादिङ गंगाजमुनाका पुरन घले पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १, २०७९

धादिङ । उच्च अदालत पाटनद्वरा बैकिङ कसुर मुद्दामा दोसी ठहराईएका धादिङ गंगाजमुना गाउँपालिका ६ हाल काठमाडौं बुढा नीलकण्ठ बस्ने पुन बहादुर तामाङ पक्राउ परेका छन् ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाए अनुसार उच्च अदालत पाटनले ०७९ पौष २४ गते बैकिङ कसुर मुद्दामा नीज घलेलाई बिगो ३६लाख ८८हजार जाहेरवालालाई भराई बिगो बमोजिम ३६ लाख ८८ हजार जरिवाना, क्षतिपुर्ति शुल्क १ लाख ४७ हजार ५२० राहत कोषमा जम्मा गराई ८ दिन कैद हुने ठहर गरेको थियो ।

घलेलाई प्रहरीले आज विहान ७ बजेको काठमाण्डौ बुढानिलकण्ठ ६ खड्क भद्रकालीबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पठाईएको छ ।