परेवाटारमा धर्मशाला शिलान्यास

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ३०, २०७९

निर्मल नारायण
धादिङ । विश्व भागवत धाम कोष नेपालले सिद्धलेक ६ परेवाटारमा भागवत धाम निर्माण गर्नको लागि दोश्रो चरणमा निर्माण हुने बिशाल धर्मशाला, गणेश लक्ष्मी मन्दिर, चन्डेश्वोर महादेव, चन्डिका देविको मन्दिरको शिलान्यास गरेको छ ।

उक्त मन्दिरहरु र धर्मशाला निर्माणको निमित्त वश्व भागवत धाम कोष नेपालले सिद्धलेक ६ ले गत माघ ८ गते देखि १६ गते सम्म संंचालन भएको श्रीमद्भागवत महायज्ञबाट १ करोड ५६ लाख नगद तथा जिन्सी दान संकलन गरेको थियो ।

सिद्धलेक गाउँ पालिकाका अध्यक्ष परशुराम खतिवडाले चन्डेश्वोर महादेव मन्दिरको शिलान्यास पश्चात् कार्यक्रममा बोल्दै सिद्धलेकलाई धार्मिक तथा पर्यटकिय गन्तव्य बनाउन आफुले सक्दो सहयोग गर्ने बताएका थिए । महायज्ञमा सबै भन्दा ठुलो दानदाता मोहन श्रेष्ठको परिवारले २० लाख भन्दा माथी जति लागत लागे पनि गणेश लक्ष्मिको मन्दिर सम्पन्न गर्ने लक्ष्य राखी शिलान्यास भएको छ ।

चन्डेश्वोरी देविको मन्दिर निर्माण सम्पन्न गर्ने गरि वडाध्यक्ष सुरेन्द्र कुमार मगरले शिलान्यास गरे ।
नेपालमा तिर्थ यात्रामा आउने भारतीय धार्मिक दर्शनार्थी समेत सेवा पुयाउने उदेश्यले निर्माण गर्न लागीएको धर्मशालाको शिलान्यास बारा जिल्ला, गडिमाई बहुमुखी क्याम्पसका अध्यक्ष बिजय कुमार सोनारले गरेका थिए । उक्त टिम बन्दै गरेको यस धाममा बिशेष सहयोग गर्ने उदेश्यले धाम क्षेत्र अवलोकनआएको अवसर सिलान्यासमा सहभागी भएको थियो ।