धादिङ । पछिल्लो समय अतिरिक्त क्रियाकलापको क्षेत्रमा अब्बल देखिदै आएको एड्भान्स एकेडेमीमा ११३ औं महिला दिवसको अवसरमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयको नेपाली विभागद्वारा आयोजित उक्त वादविवादमा कक्षा चारदेखि नौसम्मका विद्यार्थीहरूको सहभागिता जनाएका थिए। कक्षा चारदेखि ६ सम्मको वादविवाद ‘नारीलाई सम्पत्ति दुनुभन्दा शिक्षा दिनु बेस’ भन्ने विषयमा भएको थियो । जसमा कक्षा छकी छात्रा रितिसा रिजाल प्रथम, कक्षा चारका छात्र फुर्बा तामाङ द्वितीय र कक्षा छ की छात्रा खुसी रानामगर र कक्षा चारकी छात्रा कृतिका ढकाल तृतीय भएका छन् ।
त्यसैगरी राजतन्त्रात्मक व्यवस्था भन्दा गणतन्त्रात्मक व्यवस्था वेस भन्ने विषयमा भएको कक्षा सातदेखि नौसम्मको प्रतियोगितामा भने कक्षा नौका छात्र विकास लम्साल प्रथम भएका छन् । त्यसैगरी कक्षा सातका छात्र संगम लम्साल र कक्षा नौकी छात्रा अंशु ठकुरी क्रमश: द्वितीय र तृतीय भएका छन् ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल भिब बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न गरिएको थियो । विद्यार्थीहरूको अन्तर्निहीत प्रतिभा प्रष्फुटन गर्नका लागि महिला दिवसको अवसरमा वादविवाद प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।