नौबिसेमा तस्करबाट उद्दार गरिएको हुचिल नीलकण्ठमा छाडियो

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २२, २०७९

धादिङ । धादिङको धुनिवेसी नगरपालिका ६ नौबिसे स्थित त्रिभुवन राजपथबाट प्रहरीले केहि दिन पहिला जिउँदो दुर्लभ पंक्षी हुचिल सहित दुईलाई पक्राउ गरि डिभिजन वन कार्यालय धादिङलाई बझाएको थियो ।

डिभिजन वन कार्यालय धादिङले दुर्लभ पंक्षी हुचिललाई नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को सामुदायिक वन क्षेत्रमा छाडिएको छ ।

हुचित उद्दारका क्रममा प्रहरीले नौविसेबाट मकवानपुर जिल्ला थाहानगरपालिका १२ का लिति बस्ने १९ वर्षिय रमेश स्याङतान र धादिङ जिल्ला थाक्रे गाउँपालिका ५ का नयाँगाउँ बस्ने ४६ वर्षिय विनोद लामा पक्राउ गरेको थियो । प्रहरीले उनिहरूको साथबाट चामलको बोरामा निलो प्लास्टिक भित्र लुकाई छिपाई ल्याएको ५।३ किलोग्राम सालकको खपडा र चाउचाउको कार्टुन भित्र लुकाई ल्याएको एउटा जिउँदो हुचिल भेटेको थियो ।