नौबिसेबाट दुर्लभ पंक्षी हुचिल सहित दुई जना पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १७, २०७९

धादिङ । धादिङको धुनिवेसी नगरपालिका ६ नौबिसे स्थित त्रिभुवन राजपथबाट प्रहरीले जिउँदो हुचिल सहित दुई जनालाई पक्राउ गरेको छ । ति दुईको साथबाट प्रहरीले सालकको खपडा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहानगरपालिका १२ का लिति बस्ने १९ वर्षिय रमेश स्याङतान र धादिङ जिल्ला थाक्रे गाउँपालिका ५ का नयाँगाउँ बस्ने ४६ वर्षिय विनोद लामा रहेको प्रहरीले जनाएको छ । उनिहरूको साथबाट चामलको बोरामा निलो प्लास्टिक भित्र लुकाई छिपाई ल्याएको ५.३ किलोग्राम सालकको खपडा र चाउचाउको कार्टुन भित्र लुकाई ल्याएको एउटा जिउँदो हुचिल भेटिएको प्रहरीले जनाएको छ ।

दुर्लभ पंक्षी हुचिल लाटोकोसेरो प्रजातिको एक पंक्षी हो । जादुगर चरोको उपनामले समेत परिचित लुप्तप्रायः संरक्षित चरो “हुचिल” (Eurasian Eagle Owl) जीवबैज्ञानिकहरू लाई समेत चक्करमा पार्ने स्वभाव र क्षमताको हुन्छ । बोत्सवाना, मोजाम्बिक, दक्षिणअफ्रीका र एसियाका केही देश नेपाल, भारत आदिमा यो चरा पाइन्छ ।