अलैँचीका दाना जस्तै,
पिसिएर पनि,
सुगन्ध म तिम्रो बन्ने नै छु ।
क्षितिजबाट जति अकाशिय पनि
नजर केवल तिमीलाई नै दिने छु ।
देश छोडी परदेशिय पनि,
भाका तिम्रो गाहि नै रहने छु ।
बिछोडमा तस्विर छुटे
आँखा मै सङ्गालि रहने छु ,
नयनबाट मोती हराए
सम्झनामा बाँधिरहने छु ।
तिमी मैन बने,
म धागो बनेर जलिरहन्छु,
तिम्रो प्यासमा,
म खोला बनेर बगिरहन्छु ।
तिम्रा ती मधुर वाणीमा
म संगीत भएर
गुन्जीरहनेछु
तिम्रा यादहरूमा
चौतारीको पिपल जस्तै
छहारी भएर उभिरहने छु ।
Guna Simkhada
simkhadaguna393@gmail.com