धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङको भवन वागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले बुधबार बिहान एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले तोकिएको समय मै काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन गरेका थिए ।
यस अघिको बागमती प्रदेश सरकारले १ करोड विनियोजन गरेर टेन्डर आव्हान गरेको थियो । अहिले यो बजेटले भवनले पुर्णता पाउन सक्दैन तर यो काम हुँदै गर्दा बागमती प्रदेशले थप वजेट विनियोजन गर्ने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बताए ।
शिलान्यास कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष एवम् माओवादी केन्द्र वागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी, माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी जिल्ला खेलकुद विकास समितिका सदस्य, खेलाडीहरुको उपस्थिति रहेको थियो ।
शिलान्यास कार्यक्रम हुनुअघि क्याम्पस चोकबाट कभर्डहल सम्म लाईनमा बसेर खेलाडीहरुले मुख्यमन्त्रीलाई भव्य स्वागत गरेका थिए ।