परेवाटारमा बन्ने विश्व भागवत धामलाई प्रदेश सरकारको सहयोग रहन्छ -मन्त्री थपलिया

Avatar photo
Dhadingpost
बिहिबार, माघ १२, २०७९

धादिङ । विश्व भागवत धाम कोष नेपालको आयोजनामा धादिङको सिद्धलेक गाउँपालिका स्थित परेवाटारमा चन्डेश्वोर महादेव मन्दिर, चन्डिका देवि तथा बिशाल धर्मशाला निर्माणार्थ श्रीमद्भागवत सप्ताह धन धान्यन्चाल ज्ञान महायज्ञ जारी छ ।

परेवाटारमा जारी भागवतमा हिजो धादिङ संघीय सांसद राजेन्द्र प्रसाद पाण्डेले आफुले सक्दो प्रयास गर्ने बताएका थिए भने आज बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवम् एमाले न्ता जगन्नाथ थपलियाले प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता गर्दै नियम संगत प्रपोजल पेश गर्न आग्रह गरेका थिए ।

अनुमानित ६ अर्वको लागतमा परेवाटारमा बन्ने विश्व भागवत धाम परिषरमा डढ करोडको लागतमा लक्ष्मी नारायणको मन्दिर बनि सकेको छ भने अब चन्डेश्वोर महादेव मन्दिर, चन्डिका देवि तथा बिशाल धर्मशाला निर्माणार्थ भागवत लगाईएको धामका संरक्षक पण्डित बाल तपस्वी उत्तम भट्ट जी महाराजले बताए । अन्य संरचनाहरु क्रमिक रुपले बनाउँदै जाने उनी बताउँछन् ।

हाम्रा सहकर्मी निर्मल नरायणका अनुसार आज ७१ वार्षिय लालबहादुर घले, ५६ वर्षिय रसमायाँ घले, ७८ वर्षिय भगमायाँ घले र ७९ वर्षिय यज्ञश्वर थपलियाले आफ्नो तौंल बरावरको पैसा (तुला दान) गरेका थिए भने ५ हजार भन्दा माथि आर्थिक दान गर्नेमा निम्न छन् ।
मायाँ देवि शर्मा मलेखु ५,१००
एकराज सिलावल मलेखु १५,१००
सविता सिल्वाल पाण्डे मलेखु ५,५५५
अम्बिका थपलिया पाण्डे मलेखु ५,५५५
मञ्जु सिलवाल मलेखु ५,५६५
चन्द्रबहादुर यादीमगर परेवाटार २१,५००
सुब्बा विसुन्के परेवाटार २१,६०५
मानबहादुर पौडेल बेनीघाट १५,०६६
अखण्ड प्रसाद थपलिया, परेवाटार ५०,५००
सिद्धलेक इट्टा भट्टा १,०१,०००
टंक प्रसाद थपलिया नीलकण्ठ ५,५०५
यज्ञश्वर थपलिया परेवाटार १२,५००
हेमनाथ थपलिया बेरो ११,१००
लालबहादुर घले परेवाटार २३,०००
रसमायाँ घले परेवाटार २२,५००
मगमायाँ घले परेवाटार १४,०००