धादिङका रामचन्द्र र लक्ष्मणको जोडीले जित्यो दमौली ब्याडमिण्टन

Avatar photo
नारायण सिलवाल
आइतवार, मंसिर २५, २०७९

धादिङ । दमौली तनहुँमा मंसिर २२ देखि २४ गते सम्म चलेको राष्ट्रिय स्तरको बी लेभलको ब्याडमिण्टन प्रतियोगितामा धादिङका खेलाडीद्वय रामचन्द्र गिरी र लक्ष्मण मल्लको जोडीले प्रथम उपाधी हात परेको छ ।

दोस्रो सरस स्पोर्टस हाउस कप ब्याडमिण्ट २०७९ नाम दिएको उक्त प्रतियोगितामा दमौलीका बीपीन घले र थगेन्द्र रानाको टिमलाई पराजित गर्दै धादिङका रामचन्द्र र लक्ष्मणको जोडीले उपाधी हात पारेको हो । उपाधीका लागि धादिङको यो जोडीले पहिलो सेट २१–१८ र दोस्रो सेटमा २१–१९ मा दमौली टिमलाई हराएको थियो ।

विजेता बने सँगै धादिङका रामचन्द्र गिरी र लक्ष्मण मल्लको जोडीले नगद ३५ हजार, मेडल, ट्रफी र प्रमाण पत्र हात पारेको छ । प्रतियोगितामा धादिङबाट रामचन्द्र गिरी, लक्ष्मण मल्ल, भिषण श्रेष्ठ र राम मल्ल सहभागी थिए ।