धादिङमा यी ५ उम्मेदवार अग्रतामा

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर ६, २०७९

धादिङ । धादिङ क्षेत्र नम्बर १ मा सुरुवाती अग्रता कायम गरेका गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई बीचमा नेकपा एमालेका भुमि त्रिपाठीले अग्रता लिएपनि गल्छीको ८ वटै वडाको मत गनि सक्दा १८३ मतले अग्रता कायम गरेका छन्, भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्त तेश्रो स्थानमा छन् । गल्छीमा कांग्रेस बलियो, त्यसमा माओवादी र एस थपिदा पाण्डेले अग्रता कायम गर्न सफल भएका हुन् ।
गल्छी सकिँदा पछिल्लो अपडेट
जस्मा कलम ५३७१
सुर्य ५१८८
घण्टी १५६५

धादिङ २ मा सुरुवाती अग्रता कायम गरेका गठबन्धनका उम्मेदवार कांग्रेसका रामनाथ अधिकारी नै पछिल्लो मतगणना अपडेट सम्म एमालेका खेम लोहनीलाई पछि पार्दै अग्रतामा छन् ।
प्रतिनिधिसभा क्षेत्र न. २ धादिङको मतगणना अपडेट
जम्मा गणना ६३२३ मत
रुख २९६१
सुर्य २५५६

यस्तै प्रदेश तर्फ धादिङ १ को १ मा गठबन्धनका उम्मेदवार कांग्रेसका मदुकुमार श्रेष्ठ एमालेका उम्मेदवार रमेश आचार्य भन्दा अघि छन् । भने धादिङ २ को १ मा नेकपा एमालेका उम्मेदवार डा.रामकुमार अधिकारीलाई पछि पार्दै गठबन्धनबाट कांग्रेसका गोविन्द लम्साल अग्रतामा छन् भने धादिङ २ कै २ मा गठबन्धनबाछ उम्मेदवार रहेका माओवादीका जगत सिंखडालाई पछि पार्दै राप्रपाका डम्बर तामाङ अग्रतामा छन् ।

क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा ६०४७ मत गणना हुँदा
मधुकुमार श्रेष्ठ (नेपाली कांग्रेस ) : २७४२
रमेश आचार्य ( एमाले ) : १९६६
गीता प्रसाद आचार्य ( राप्रपा ) : ४१३
नेत्र राज पौड़ेल ( स्वतन्त्र-चिम ) : ३९३


धादिङ २ को प्रदेश सभा तर्फ
धादिङ २ (क) को 3388 मत गणना हुँदा
रुख : 1557
सुर्य : 1492
भाले : 188
धादिङ २ (ख)
हलो: 1610
हँसिया ह.: 1567
भाले : 34
करुव =61
छाता =12
धादिङ १ को २ मा भने मतगणना भएको छैन ।