चुनावी प्रचार प्रसारको अन्तिम दिन, एमाले धादिङको आजको गतिविधि

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर १, २०७९

धादिङ क्षेत्र नम्बर २ प्रतिनिधि सभामा खेम लोहनी नै किन ?
धादिङको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार खेमप्रसाद लोहनी चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर पहिलो पटक संसदमा पुग्नु भएका लोहनीले ५ बर्षको अवधिमा जे जति काम गर्नु भएको छ त्यसले जिल्लाको निर्वाचन क्षेत्रको विकास र परिवर्तनका लागि महत्वपूर्ण स्थान ओगटेको छ ।

उहाँको कार्यकालमा लामो समय देखी धादिङको भुभागमा रोकिएको मध्य पहाडी लोकमार्ग लाई सुचारुमा ल्याउन, संघीयतालाई कार्यन्वयन गर्दै प्रदेश र स्थानीय तह लाई स्रोत साधनले भरिपुर्ण गर्न, धादिङबेसी सल्यानटार सडकलाई कार्यन्वयनमा लेराउन, धादिङ बेसी ,सांकोस तिपलिङ्ग सडक कालोपत्रे काम र कार्यान्वयन हुँदै (हाल चरङ्गेसम्म ठेक्का प्रक्रिया भइ निर्माणको चरणमा ल्याउन लोहनीको महत्वपूर्ण भूमिका रहेको छ ।
उहाँको पहलमा दर्जनौं भन्दा बढी पक्की पुलको निर्माण र केही निर्माणकार्यको लागि ठेक्का प्रक्रियामा, र विभिन्न ठाउँमा रहेका तुईन हरुलाई झलुङ्गे पुलमा परिणत गरिएका, धादिङ्ग बेसी भर्याङ्ग भुरुन्ङ सडक पिच लगाएत बाकी काम निर्माणाधीन अवस्थामा, सिमबेसी –गोलाङ्ग –फुलखर्क सडक कालोपत्रेको लागि रकम विनियोजित सङै निर्माणकार्य भैइरहेको, धादिङको उत्तरी भेगलाई केन्द्रीय प्रसारण लाईन बिस्तार गरि विद्युतिकरण गरिएको छ।

प्रतिनिधि सभामा महत्वपूर्ण भूमिका
प्रतिनिधि सभा सदस्यका रुपमा लोहनी संसदमा राज्य व्यवस्था तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त निती दायित्व अनुगमन,निरिक्षण मूल्याङ्कन समितिको सदस्यका रुपमा संसद भित्र बिशेष भूमिका निर्वाह गर्नु भएको थियो । यसै गरी प्रतिनिधि सभा अन्र्तगत रहेको महिला बालवालिका तथा सामाजिक समितिको सदस्यको हैसियतले २५० वटा कानूनको प्रस्तावक हुनुका साथै ९२ वटा कानून पारित गराउन लोहनीको समेत सक्रिय सहभागिता रहेको थियो ।

सडक निर्माण र स्तर उन्नती
सांसद भएपछि हरेक नागरिकले आफ्नो गाउँ ठाउँमा केही गरिदिए हुन्थ्यो भन्ने अपेक्षा राख्नु स्वभाविक भएको उहाँ वताउनु हुन्छ । यसैक्रममा जिल्लाको २ नम्बर क्षेत्रमा सडक पूर्वाधार र विकासका केही कामको शुरुवात लोहनीले गराउनु भएको छ ।
लोहनीको अगुवाईमा भएका मुख्य योजनाहरुमा धादिङबेसी–साङकोष तिप्लिङ सडक निर्माण तथा स्तरोन्नती, लामो समय देखि रोकिन पुगेको मध्यपहाडी लोकमार्गको निर्माण कार्यलाई निरन्तरता, निर्वाचन क्षेण रणनैतिक सडक अन्र्तगत सिरुवेसी,गोलाङ, आगिन्चोक, फुलखर्क रि सडक निर्माण कार्यको सुरुवात गर्न सफल हुनु भएको छ ।
यसै गरी धादिङबेसी भ¥याङ भुरुङ सडक कालोपत्रे गर्ने योजना तर्जुमा तथा कार्यान्वयनमा सांसद लोहनीको भूमिका रहेको छ । यसै बिचमा धादिङबेसी सल्यानटार सडक कालोपत्रे भएको छ भने धादिङबेसी सुनौलावजार सडकलाई कालोपत्रे गर्ने कार्य भईरहेको छ ।

बुढीगण्डकी जलविद्युत आयोजनामा जनताको साथ
राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलबिद्युत्त आयोजनाको मुआव्जा बितरण कार्यलाई व्यवस्थित बनाउन सांसदको हैसियतले लोहनीले सरोकारवाला निकायको पटक पटक ध्यानाकर्षण गराउनु भएको थियो । जसको परिणामस्वरुप मुआव्जा वितरण अन्तिम चरणमा पुगेको छ।

पूर्वाधार निर्माणमा योगदान
विकासका पूर्वाधार अन्र्तगत भुकम्पले भत्किएका बिद्यालय, स्वास्थ्य चौकी, स्थानीय तहका कार्यालयहरुको पक्कि संरचना निर्माणका लागि पनि लोहनीले सरकारको ध्यानाकर्षण गराउँदै कार्यान्वयन चरणमा समन्वय र सहयोग पु¥याउनु भएको थियो । लोहनीको पहलमा गंगाजमुना गाउँपालिकाको बसेरीमा जिल्लाकै सबैभन्दा लामो ४ सय मिटरको झोलुङ्गे पुल निर्माण भएको छ भने रि झार्लाङ जोड्ने झोलुङ्गेपुल निर्माणको लागि प्रकृया अघि बढेको छ।
सल्यानटारमा खानेपानी आयोजना केन्द्रीय सरकारको लागनीमा भूमिका
खानेपानीको सबैभन्दा दुःख रहेको सल्यानटारमा २७ करोडको बेहत खानेपानी आयोजना निर्माण शुरु भएको छ भने २३ करोडमा मैदीकोट खानेपानी, ५ करोडको कार्कीगाँउ खानेपानी आयोजना निर्माणका लागि बजेट विनियोजन तहमा लोहनीले खेल्नु भएको भूमिका निकै महत्वपूर्ण रहेको छ ।
सिंचाइ आयोजना निर्माण र साँस्कृतिक क्षेत्रको संरक्षण
निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सतह सिंचाई, लिफ्ट सिंचाई, धार्मिक तथा सांस्कृतिक क्षेत्र संरक्षण, सामाजिक संस्थाहरुको भौतिक संरचना निर्माण जस्ता कार्यका लागि पनि सांसदको हैसियतबाट लोहनीको योगदान रहेको छ।त्यसै गरी भुकम्पबाट क्षती ग्रस्त भएका बास्तविक पिडितका लागि राहत उपलव्ध गराउन, घर बनाउने रकम विनियोजन गर्न पनि उहाँले निकै भूमिक खेल्नु भएको थियो ।

धादिङको विकासमा एमालेको विकल्प अरु पार्टी हुँदैनन्भू -मि त्रिपाठी
नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार भूमि त्रिपाठीले धादिङको विकासमा एमालेको विकल्प अरु पार्टी हुन नसक्ने बताउनुभएको छ ।बिहिबार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ स्यादुलमा भएको मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार त्रिपाठीले यस्तो बताउनुभएको हो । उहाँले एमाले नेतृत्वमा आए मुलुकलाई सहि दिशा र गन्तव्यमा पुराउन सकिने बताउनुभयो ।

मुलुकको विकास र समृद्धिका लागि एमालेले काम गरेको भन्दै राष्ट्रका मागहरू सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न, देशलाई विकासको मार्गमा अघि बढाउन एमालेको सरकार आवश्यक रहेको वताउनुभयो । उहाँले आफ्नो ५ बर्षे कार्यकालमा बिबिध काम भएकोले अब समृद्धिसँग जोड्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो । कार्यक्रममा एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
यसैगरी धादिङ क्षेत्र नम्बर १(२) का प्रदेश सभा उम्मेदवार ईन्जिनियर गनेन्द्र थपलियाले आज बेनिघाट रोराङको शितलबजार र सिद्धलकेको मावि खोला, बुङचुङ, कालिदह,सुविटार लगाएतका क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ।

चुनाव पछि जनताकोमाग लिएर योजना आयोग लगायतका ठाउँमा जाने डा. अधिकारीको भनाइ
प्रदेश सभाका साम्सदले विकासका धेरैयोजना ल्याउनसक्छ भन्ने प्र्माणित गरेर आफूलाई जनताका नेता बनाउन सफल नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ (१) का सूर्य ध्वजाबहाक उम्मेदवार डा.रामकुमार अधिकारीको योजना आफ्नो षेत्रमा कसरी विकास योजना ल्याउने भन्ने छ।
निर्वाचन प्रचारप्रसार र मतदाताको घरघरमा पुग्दै गर्दा भेटिनुभएका डा. अधिकारीले निर्वाचन सकिए लगत्तै आफू फुलमाला थाप्न नभइ योजना आयोग लगायतका विकास अड्डामा गएर योजनाहरु राख्न लगाउने बताउनुभएको छ ।
धादिङको ज्यामरुङ बाहेक निलकण्ठ नगरपालिका, ज्वालामूखी गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाका क्षेत्रमा विकास योजना आफूले विशेष पहल गर्ने बताउनुभयो । धादिङ बेसी तिप्लिङ सडकको पिच, नेत्रावती डबजोङको अस्पताल, धादिङबेसी भर्याङभुरुङ सडककोपिच, अन्य सडकको ग्राभेल र नयाँ सडकको स्तर उन्नती गरिने योजनाहरु सहित ५ सय भन्दा धेरैसाना योजनाहरु रहेको जानकारी दिँदै डा. अधिकारीले स्वास्थ्यक्षेत्रको सुधारमाआफू लाग्ने बताउनुभयो ।
साङमा निर्माणधिन पार्कलाई चिडियाखाना समेत बनाएर विकासका लागि काम गरिने योजना सुनाउनु भएका डा. अधिकारी यस क्षेत्रका जनताका लोकप्रिय नेताको रुपमा चर्चित हुनुभएको उहाँका विपक्षीहरुले समेत बताउने गरेका छन् ।

एमालेको चुनावी रौनक
नेकपा एमालेका सूर्य ध्वजाबहाक उम्मेदवारहरु सहितको निवाचन प्रचार प्रसारको गति तिब्र भएको छ ।
धादिङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य का लागि एमालेका उम्मेदवार भूमि त्रिपाठी, प्रदेस भा सदस्य उम्मेदवार रमेश आचार्यर गजेन्द्र थपलियाको सहभागितामा धादिङको पृथ्वीराजमार्ग क्षेत्रमा जनप्रदर्शन समेत गर्दै मतदाताहरुलाई विभिन्न बजारहरुमा सम्बोधन गर्नुभएको थियो ।
प्रतिनिधि सभाका उम्मेदवार त्रिपाठीले प्रत्येक गाउँपालिकाको केन्द्र तथा वडा जोड्ने सडक कालो पत्र गर्नका लागि रकम विनियोजन गर्न प्रयत्न गर्ने, झोलुङगे पुल आवश्यक ठाउँमा निर्माण गर्ने, प्रत्येक वडामा रहेको स्थानीय सडक ग्राभेल गर्ने तथा ती सडकहरुमा स्थायी प्रकारको ड्रेनको विकास गर्न वजेट विनियोजन गर्न पहल गर्ने, आवश्यक ठाउँमा पक्कि पुलको व्यवस्था गर्न वजेट विनियोजन गराइने, पालिकाको प्रत्येक वडाको पायक पर्ने ठाउँमा सामुदायिक भवन बनाइने, धार्के, रामकोट,काठमाण्डौ, बैकल्पिक मार्गकोे पिच गर्ने कार्यको थालनी गरिने बताउनुभयो ।
भिमढुंगा, लामिडााडा तथा गल्छी सहडकलाइ पर्यटकिय मार्गको रुपमा विकास गरिने, बेनिदोभान, परेवाटार गल्छी पक्कि सडक आदी महत्वपूर्ण योजना ल्याएने उहाँको भनाइ छ ।
रार्जमार्गमा ट्रमा सेन्टर निर्माणको काम सुरु गर्ने र जनतालाई आफ्नै क्षेत्रमा विषेशज्ञ स्वस्थ्य सेवा उपलब्ध गराइने प्रतिवद्धता त्रिपाठीको छ।
प्रत्येक गाउँपालिकामा डाक्टर सहितको सुविधा सम्पन्न अस्पताल निर्माण गर्न बजेट विनियोजन गरिने, पालिका स्तरमा स्नातकतहसम्मको कलेज निर्माण, प्रत्येक पालिकामा आर्युवेद तथा योग केन्द्र स्थापना माध्यमिक विद्यालयमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाला आदी गर्ने भएकोले नागरिकलाई मत दिन आग्रह गर्नुभयो । एकघर एक धारा, पर्यटकीय क्षेत्र प्रवर्धन, उत्पादनको आधारमा कृषि प्रवर्धन र अनुदानको व्यवस्था एमालेले मात्र गर्नसकिने भएकोले जनताले एमालेको सूर्य चिन्ह रोज्ने दावी छ ।
एमालेको ड्रिम परियोजनाको रुपमा समानान्तर राजमार्ग रहेकोले विकासको फड्को मार्नका लागि पनि आवस्यक रहेको छ । महाभारत क्षेत्र भएरचितवन निस्कने पदमार्गको महाभारत क्षेत्रमा बसोबास गर्नेको आर्थिक स्तरसुधारका लागि काम गर्छ । आफूलेल्याएको योजनाहरु सम्पन्न गर्नका लागि आफूलाई मत दिन आग्रह गर्नुभयो । औषधीजन्य प्रयोजनका लागि गाँजा खेतीको बैधताका लागि कानून निर्माण गरि सुरक्षित उत्पादनका लागि कार्यक्रम ल्याइने त्रिपाठीको मूख्य कार्यक्रम रहेको छ ।

इन्जिनियर थपलिया घरदैलोमा
आफ्नो बुबाकोमृत्युका कारण चुनाव प्रचार गर्न जनतासंग जान नपाएर तिनदिनको प्रचारमा निस्कनु भएका नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ (२) प्रदेश सभाका सदस्य गजेन्द्र थपलिया जनताको घरदैलोमा पुग्नु भएको छ।
सिद्धलेकको सलाङघाट, बेनिघाट रोराङ, गजुरीको टोलटोलमा पुग्नु भएका थपलियालाई जनताले स्वागत गर्दै विकास गर्ने योजना भएको उम्मेदवार आएकोमा खुसी व्यक्त गरेका छन् ।
जनताले पेशाले इन्जिनियर भएका थपलिया आउँदा आशा पलाएको छ। बाढी पहिरो र विपदबाट प्रभावित बेनिघाट गजुरी गाउँपालिकाका जनताले उपयुक्त पात्र पाएको बताएका छन् ।
मतदाताको मागलाई जनताको सहभागितामा प्राथमिकताको आधारमा योजना बनाएरकाम गर्नका लागि आफूप्राविधिक मानिस राजनिति गर्न जनताको घरदैलोमा आएको बताउनुभयो ।
धादिङको तुइन विस्थापनमा ठूलो योगदान गर्नुभएका थपलिया एमाले सरकारको समयमा विकास विज्ञ सल्लाहकारको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
एमाले लेखा आयोग अध्यक्ष डा पुष्प कँडे, सदस्य मिनराज कँडेल लगायतले इन्जिनियरको प्रवेशले विकासको स्पष्ट खाका आएको र यसले समृद्धिका लागि योगदान पुग्ने बताउनुभएको छ। समाचार स्रोत एमाले धादिङद्वारा प्रकाशित सौर्य इ-बुलेटिनबाट