एमालेको विकल्प छैन -रमेश आचार्य

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर १, २०७९

धादिङ । सत्ता गठबन्धनका हरेक तिक्डमलाई मंसिर ४ को निर्वाचनले परास्त गरिदिने बताउँदै धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ प्रदेश १ का एमाले उम्मेदवार रमेश आचार्यले नेपालमा एमालेको विकल्प नभएको बताएका छन् । राष्ट्र र राष्ट्रियताका पक्षधहरुले एमालेको विकल्प देखेका छैनन्, एमालेले चुनाव जित्छ, एमालेलाई जिताई मुलुक समृद्ध बनाउने एमालेको सपना जनताले पुरा गर्नेमा आफू ढुक्क रहेको समेत उनले बताए ।

आचार्यले भने जस्तै एमालेलाई चुनाव जित्न सहजभने छैन । उनी सँग सत्ता गठबन्धनबाट कांग्रेसका मदुकुमार श्रेष्ठ र एमाले कै वागी अर्थात स्वतन्त्र उम्मेदवार नेत्र पौडल प्रदेश सदस्यका लागि चुनावी मैदानमा छन् ।

आचार्य भने आफु युवा र नयाँ अनुहार भएकोले कांग्रेस र माओवादीको मत समेत आफुलाई आउने र भारी मतका साथ यो क्षेत्रबाट निर्वाचित हुने दावी गर्दछन् ।