एमाले धादिङको आज भएका चुनावी कार्यक्रमहरु

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २९, २०७९

जनताको सेवामा समर्पित हुने उम्मेदवार थपलियाको प्रतिवद्धता
मौवाखोला । धादिङ क्षेत्र नम्बर १ (२) का नेकपा एमाले उम्मेदवार इन्जिनियर गजेन्द्र थपलियाले विपदको बेला कसरी बस्ती र राजमार्ग जोगाउन सकिन्छ भन्ने स्पष्ट योजना रहेकोले मौवाखोलाबासीले प्राविधिक भएको नाताले आफूलाई मत दिन आग्रह गर्नुभएको छ ।
मंगलबार बिहान मतदाताहरु समक्ष आफ्नो योजना सहित सहभागि हुनुभएका थपलिया धादिङ चितवन सिमानामा रहेको मौवाखोला क्षेत्रमा प्राकृतिक विपत्तीको समयमा विपद रोक्न पहल गर्नुभएको स्मरण गर्दै आफूले स्थायी समाधानका लागि पहल गर्ने उहाँको प्रतिवद्धता छ ।
मतदाता भेटघाटको समयमा बुबाको मृत्यु भएका कारण भेटघाट गर्न नपाएपनि मतदाताहरुले स्पष्ट योजना र समृद्ध नेपाल बनाउने अभियानकर्ताको रुपमा सघाउन आग्रह गर्नुभयो।
एमाले प्रदेश सभाका उम्मेदवार थपलियाको बुबाको मृत्यु भएका कारण सार्वजनिक कार्यक्रममा पहिलो पटक सहभागि हुनुभएका थपलियाले मतदाताहरु मिस गरेको र थोरै समय प्रचार गर्ने कार्यक्रममा आइपुगेकोले आफुलाई मत दिएमा जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गर्नुभयो।

जनताको माग पूरा गर्न एमालेले जित्नुपर्छ-खेम लोहनी
चैनपुर । नेकपा एमालेका केन्द्रिय सदस्य एवम धादिङ क्षेत्र नम्वर २ प्रतिनिधि सभाका उम्मेदवार खेमप्रसाद लोहनीले देशमा विकास र जनताको माग पूरा गर्न एमालेले जित्नुपर्ने बताउनुभएको छ ।
मंगलबार धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ चैनपुरमा भएको मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लोहनीले राष्ट्रका मागहरू सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न, देशलाई विकासको मार्गमा अघि बढाउन एमालेको सरकार आवश्यक रहेको वताउनुभएको हो । शिक्षा, स्वास्थ्य लगायत जनतालाई सुखी र समृद्ध बनाउन एमाले नै अहिलेको आवश्यकता रहेको भन्दै लोहनीले एमालेको विचार, नीति र सिद्धान्तबाटै मुलुकको समृद्धि सम्भव छ भन्ने कुरा जनताले बुझेको बताउनुभयो ।
अदालतको परमादेशबाट जन्मिएको वर्तमान गठबन्धन सरकारले जनताका निम्ति कुनै काम गर्न नसकेको बताउदै लोहनीले भन्नुभयो,‘देशलाई निकास दिन अब एमालेको सरकार बन्नुपर्छ ।’ उहाँले आफ्नो ५ बर्षे कार्यकालमा जनताले अनुभुती गर्नेगरी काम भएकोले अब समृद्धिसँग जोड्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।कार्यक्रममा क्षेत्र नं २ को प्रदेश(ख) का उमेदवार डा.रामकुमार अधिकारी,एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।

राजेन्द्र पाण्डेले जनतामा भ्रम छर्ने काम गरे -भुमि त्रिपाठी
मौवाखोला । नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार भूमि त्रिपाठीले राजेन्द्र पाण्डेले जनतामा भ्रम छर्ने काम गरेको आरोप लगाउनुभएको छ । मंगलबार राजमार्ग क्षेत्रमा भएको मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले भन्नुभयो,‘मैले ३० बर्ष विकास गरे भनेर भ्रम छर्ने काम भैरहेको छ,त्यो ३० बर्ष राजेन्द्र पाण्डेले गरेको काम एमालेले गरेको हो उहाँ ब्यक्तिले गरेको होइन ।’ नेपालको समृद्धि र बिकास नेकपा एमालेले मात्रै गर्न सक्ने भन्दै बिकास र समृद्धिका लागि सुर्यमा मत हाल्न आब्हान गर्नुभयो । त्रिपाठिले ३० औँ बर्ष एमालेबाट अवसर लिएर जनताको मत बेच्नेहरूलाई जनताले मंसिर ४ मा जनताको अदालतले फैसला गर्ने बताउनुभयो । एमालेले जनतालाई सुखी बनाउन र देशलाई समृद्ध बनाउन काम गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले आज मौवाखोला, मजिमटार, चरौदी, बिसालटार, बेनिघाट, सित्तल बजार, रिचोकटार, मलेखु खोला बजार, गजुरी बजारका मतदातासँग भेटघाट गर्नुभएको छ । कार्यक्रममा धादिङ क्षेत्र नम्बर १ (२) का नेकपा एमाले उम्मेदवार इन्जिनियर गजेन्द्र थपलिया, एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो । सामाचार स्रोतः इ सौर्य बुलेटिन