विकास र समृद्धिका लागि सुर्यमा मतदान -लोहनी

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २८, २०७९

धादिङ । नेकपा एमालेका केन्द्रिय सदस्य एवम धादिङ क्षेत्र नम्वर २ प्रतिनिधि सभाका उम्मेदवार खेमप्रसाद लोहनीले विकास र समृद्धिका लागि सुर्यमा मतदान गर्न अनुरोध गरेका छन् ।

सोमबार धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ भोग्टेनीमा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लोहनीले गएको ५ वर्ष नीति निर्माण मै वितेको र अब विकास र समृद्धि अघि बढ्न एमाललेले जित्नु पर्ने बताएका हुन् । उनले नेत्रावती डबजोङको हरेक समस्यासँग आफु जानकार रहेको भन्दै समृद्धिसँग जोड्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने बताउँदै सुर्यचिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।

नेपालको समग्र विकासको लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउँदै लोहनीले बिगतमा एमालेले गरेका अधिकांश प्रतिबद्धताहरु पुरा गरेको भन्दैे जितपछी बाँकी रहेका विकास निर्माणका काम पुरा गर्ने दावी गरेका थिए । नीलकण्ठ नगरपालिका वडा नं ११, नेत्रावती डवजोङका बिभिन्न क्षेत्रमा मतदाता भेटघाट कार्यक्रममा लोहनी सँगै क्षेत्र नं २ को प्रदेश(ख) का उमेदवार डा.रामकुमार अधिकारी, एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।