एमाले छाडेको घोषणा गरेका धनबहादुर एमाले कार्यक्रममा देखिन थाले

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २५, २०७९

धादिङ । धादिङ क्षेत्र नं. २ को प्रदेश २ मा उम्मेदवारी दिएपनि एमाले राप्रपा बीच चुनावी तालमेल हुँदा एमालेले धनबहादुर घलेको उम्मेदवारी फिर्ता लिएपछि रुष्ट बनेका उनले आफू एमालेमा नरहेको र खेम लोहनी एमालेमा रहे सम्म आफु एमालेमा नरहने घोषण गरे पनि उनी अहिले एमालेको चुनावी कार्यक्रममा देखिन थालेका छन् ।

एमाले धादिङका उपाध्यक्ष समेत रहेका पूर्व सभासद घले बिहिबार एमालेको काठमाडौंमा आयोजित गंगाजमुना काठमाडौं मञ्चको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सहभागि भएर भाषण पनि ठोके । उनले नेता तथा कार्यकर्ताको अनुरोधलाई आत्मसाथ गरेका बताएका थिए । अहिले एमालेले हार्न हुन्न सिमा कमजोरिका विषयमा समिक्षा हुन्छ नै तर मंसिर ४ को चुनाव एमाले नै जित्नु पर्ने बताएका थिए ।

धनबहादुर घलेको पु्नरागमनले एमाले धादिङका कार्यकर्ताहरुमा खुसी छाएको देखिन्छ । कतिपय कार्यकर्ताहरुले त घलेलाई मेन्सन पुन पार्टीमा हार्दिक स्वागत सम्मान सहित आभार गरेका छन् ।