एमाले धादिङको बिहिबार भएका चुनावी गतिविधिहरु

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २५, २०७९

शुशासन र विकास मेरो एजेण्डा: डा.रामकुमार अधिकारी
धादिङ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ (१) का उम्मेदवार डा रामुकमार अधिकारीले शुभासन रविकासआफ्नो उजेण्डा भएको बताउनुभएको छ ।
आफ्नो जन्म थाले धुवाकोटका मतदाताहरुसंगथ प्रतिवद्धता व्यक्त गर्दै शुशासन रविकास एजेण्डामा परेको उहाँको भनाइ छ ।
मतदाताहरुले विकासका लागि डा. अधिकारीले अघि सारेका एजेण्डाहरु कायाृन्वयन गर्नका लागि समेत सहयोग गर्ने बताउँदै समाजको माग अनुसारको काम गर्न आग्रह गनुभयो ।
समाजको अनगिन्ती आवस्यकता भएकोले एकै पटक सबै आवस्यकता पुरा नभएपनि प्राथमिकताकोआधारमा निरन्तर काम गरी जनताको सेवामा लाग्ने डा. अधिकारीको प्रतिवद्धता रहेको छ ।

जनताको जीवनस्तर उकास्नु एमालेको प्रमुख दायित्व हो: लोहनी
धादिङ । नेकपा एमालेका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा धादिङ क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनीले जनताको जीवनस्तर उकास्नु एमालेको प्रमुख दायित्व भएको बताउनुभएको छ ।
बिहिबार नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संयुक्त चुनावी अभियान अन्तरगत ज्वालामुखी गाउँपालिका वडा नं ५ खरिमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लोहनीले यस्तो बताउनुभएको हो ।
उहाँले आम मतदाताहरू नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गर्न आतुर रहेको बताउनुभयो। नेकपा एमालेले शुरु गरेको गाउँ विकासको अभियानका कारण अहिले जिल्लाका धेरै ठाउँमा मोटरबाटोको सुविधा पुगेको, गाउँ गाउँमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न भौतीक पूर्वाधार निर्माणको काम शुरु भएको भन्दै एमालेले मात्र गाउँको विकास गर्ने र यसको दिर्घकालिन विकास गर्ने भएकाले एमालेलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।
जनता स्थिर सरकारको पक्षमा रहेको भन्दै उम्मेदवार लोहनी एमालेका लागि नभई देश बनाउनका लागि एमालेको जित आवश्यक भएको बताउनुभएको छ ।
साथै आफ्नो पाँच बर्षे कार्यकालमा धादिङ क्षेत्र नं २ मा बिभिन्न महत्वपुर्ण काम भएको र बाँकी रहेको अधुरा काम आगामी कार्यकालमा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटघाटका क्रममा मतदाताहरुले उम्मेदवार चुनाबपछि पनि गाँउ आएर विकासको बारेमा छलफल गर्न आग्रह गरेका छन् ।
उहाँले बिहिबार ज्वालामुखी २ को चैनपुर, ज्वालामुखी ५ खरिको भद्वार छापथोक, मैदान, धुसेनी लगाएतका क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा राप्रपाकी समानुपातिक उम्मेदवार बिना लामा, एमाले धादिङका जिल्ला तहका नेताहरु, नेकपा एमाले ज्वालामुखी गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।

सुशासन र समृद्धिका लागि मतदाताले एमाले रोजेका छन्: त्रिपाठी
धादिङ । नेकपा एमालेका धादिङ क्षेत्र नम्वर १ को उम्मेदवार भुमि त्रिपाठीले सुशासन र समृद्धिका लागि मतदाताले नेकपा एमाले रोजेको बताउनुभएको छ ।
बिहिबार धादिङको गल्छी गाउँपालिका वडा नं ८ को गोगनपानिमा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार त्रिपाठीले स्थायी सरकार, सुशासन र समृद्धिका लागि आम मतदाताहरुले नेकपा एमालेलाई रोजेका बताउनुभएको हो ।
एमालेले विगतमा सुरु गरेको बिभिन्न महत्वपुर्ण यात्रालाई निरन्तरता दिन मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयोे । समृद्ध नेपाल सुखी नेपाली समग्र नेपालीको चाहना भएको बताउदै त्रिपाठीले भन्नुभयो,‘ एमाले बलियो भएमात्रै राष्ट्र बलियो हुन्छ,देशमा विकासको लहर ल्याउन एमालेले जित्नुपर्छ ।
त्रिपाठीले गोगनपानीको समृद्धिको लागि मौका पाउदाँ केही थालनी गरिएको र अब बाहै्र महिना सवारी चल्ने गरी सडक कालोपत्रे गर्ने पहिलो काम हुने बताउनुभयो ।
त्यस्तै प्रदेश सभा सदस्य १ (क) का उमेदवार रमेश कुमार आचार्यले समग्र विकासको लागि नयाँ ऐजेण्डाका साथ क्रियाशील रहेकाले नेकपा एमालेलाई बिजयी गराउन मतदातालाई आग्रह गर्नुभयो।
गाउँ पुग्नु भएका उम्मेदवार त्रिपाठी र आचार्यलाई स्थानियले फुल माला र अबिर लगायर भव्य स्वागत गरेका थिए । उहाँहरुले बिहिबार नै गल्छी गाउँपालिकाको वडा नं ८ को रानिमाला,चकमके लगाएतको क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ ।
कार्यक्रममा नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य नरेश खतिवडा, प्रदेश सभाको समानुपातिक उम्मेदवार उमा सिंखडा, एमाले धादिङका जिल्ला तहका नेताहरु, नेकपा एमाले गल्छी गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।

खानेपानी र सडक राप्रपा एमाले मिलेर काम प्रतिवद्धता: राप्रपा उम्मेदवार तामाङ
धादिङ । राप्रपा धादिङ क्षेत्र नम्बर २ (२) का उम्मेदवार डम्बर तामाङले मतदाता भेटघाटको क्रममा गंगाजमुना गाउँपालिका वडा नम्बर का मतदाताहरुसंग भेटघाट गर्दै यस क्षेत्रको विकासमा आफूले ध्यान दिने बतउनुभएको छ ।
गंगाजमुना गाउँपालिकाको अघिल्लो स्थानीय सरकारले गाउँमा सडक बनायो तर यसलाई पक्की बनाउन र वर्षाको समयमा चल्ने बनाउन सकिएको थिएन । मतदाता भेटघाटमा पुगेका राप्रपाका उम्मेदवार तामाङ समक्ष सडक र खानेपानी मूख्य समस्या भएकोले जनताको समस्यामा नेता चुनिएपछिकाम गर्न माग गरेका छन् ।
उम्मेदवार तामाङले एकघर एक धारा, सडकलाई १२ महिना चल्ने बनाउन आफू लाग्ने र गाउँबासीको समस्यामा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।