जनअपेक्षा अनुसार काम गर्ने आफ्नो चुनावी एजेण्डा -डा. रामकुमार अधिकारी

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २३, २०७९

धादिङ । नेकपा एमाले धादिङ क्षेत्र नं २ प्रदेश सभा (१) का उम्मेदवार डा.रामकुमार अधिकारीले जनताको मागको आधारमा विकासका काम गरेको बताएका छन् । म कसैलाई गाली गर्दिन यो राम्रो त्यो न राम्रो पनि भन्दिन मेरो ५ वर्षे कार्यकालमा आफुले उल्लेख्य काम गर्न सकें भन्ने दावी छ, अब पनि त्यो भन्दा बढी रफ्तारमा काम गर्ने प्रतिवद्धता जनाउन भोट माग्दै घरदैलोमा हिडेको बताएका छन् ।

बुधबार धादिङको ज्वालामुखी गाउँपालिकाको मैदीमा नेकपा एमालेको तर्फबाट भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले अघिल्लो पाँच बर्षे कार्यकालमा जनताको मागको आधारमा विकासका काम गरेको उल्लेख गर्दै निरन्तर जनताका लागि लागि रहने बताएका हुन् ।

घरदैलो कार्यक्रममा मैदी पुगेका उनले सम्पूर्ण धादिङबासीको समृद्धिको सपना साकार पार्न, अधुरो र अपूर्ण विकास पूर्ण बनाउन, निष्ठा र आदर्शको राजनितिलाई प्रवद्र्धन गर्नको लागि यसपटक पनि आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले बुधबार ज्वालामुखी गाउँपालिका वडा नं १, २, र ३ को बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गरेका छन् । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा धादिङ क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनी, एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।