धादिङ । तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धका क्रममा ०५९ असार २२ गते राज्य पक्षद्वारा मारिएका जनयुद्धका सहिद राजु दाहाल (सागर) को स्मृतिमा नीलकण्ठ नगरपालिका वडा नम्बर २ चिसापानी फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
गणेशकुण्ड मैत्री युवा समाजले दशै तिहारको अवसर पारेर असोज १७ गते देखि संचालन गरेको यस फुटबल प्रतियोगिताको विजेता प्रथम हुने टिमले ३० हजार र द्वितिय हुने टिमले १५ हजार जितेका छन् । यस प्रतियोगिताको उपाधि चमेरे गुफा संरषण युवा समाजले चुमेको हो भने, दोस्रो मितेरी युवा क्लव जुरेथुम भएको आयोजक गणेशकुण्ड मैत्री युवा समाजका द्वारीका दाहालले बताए । विजयी टिमलाई नीलकण्ठ नगरपालिकाका उम मेयर दिपक विश्वकर्माले पुररस्कार वितरण गरेका थिए ।
सहिद राजु दाहाल (सागर) को संक्षिप्त जानकारी
जन्म मितिः २०३६।०३।१०
सहादतः ०५८ असार २२ गते
घटना स्थलः तारुका चन्दने, नुवाकोट
स्थायी ठेगानाः नीलकण्ठ नगरपालिका धादिङ
बाबुको नामः तोयानाथ दहाल
आवद्धताः नेकपा माओवादी
धादिङ जिल्ला निलकण्ठ नगपालिका चिसापानीमा पिता तोयानाथ दाहाल र माता देविका दाहाल को गर्भबाट वि.स. २०३५ साल असार १० गते राजु दाहाल सागर पहिलो सन्तानको रुपमा जन्मनु भयो । सागरको भाईहरु राम प्र, ध्रुव, द्धारीका बहिनीहरु कमला, कुमारी, लक्ष्मी छन् । गरिब परिवारमा जन्मेका । दुख नै दुखको बिच बाट कक्षा ३ सम्मको पढाई कालिका प्रा.वि. निलकण्ठ सिम्ले बाट र ८ सम्मको अध्ययन साङकोस दामगाडे बाट गरेका थिए ।
राजु दाहाल (सागर) धादिङ छापामार स्क्वयट दलको एक योद्धा थिए । निक्कै नम्र स्वभाव, इमानदार र मिलनसार कमरेड सागर निक्कै निडर, सहासी, लडाइँमा भरपर्दो एक योद्धा थिए, तारुका चौकी आक्रमणको मुख्य ३ नं. एसल्ट कमरेड गणेश तामाङ नेतृत्वमा रहेको रहेको थियो भने सेक्सनको मुख्य काम माइनिङको जिम्मेवारी कमरेड सागरलाई दिएको थियो । यहि मिसन कै दौरानमा ०५८ असार २२ गते प्रहरीले गोली हानी हत्या गरेका थिए । प्रहरीसँग भिडन्त भएको वेला प्रहरीले गोली हान्दा उनी मारिएका हुन् । प्रहरीले उनको लास समेत नदीमा फालेर हिंडेका थिए ।
स्मरणमा राजु दाहाल
धादिङ, निलकण्ठ, चिसापानीको कमरेड राजु दहाल (सागर) धादिङ छापामार स्क्वयट दलको एक योद्धा हुनुहुन्थ्यो । कमरेड सागर सँग मैले पुर्णकालिन भएदेखी नै निरन्तर सहाकार्यको अवसर मिलेको थियो । निक्कै नम्र स्वभाव, इमानदार र मिलनसार कमरेड सागर निक्कै निडर, सहासी, लडाइँमा भरपर्दो एक योद्धा हुनुहुन्थ्यो, त्यसैले उहाँलाई तारुका चौकी आक्रमणको मुख्य ३ नं. एसल्ट कमरेड कोन्डुलको नेतृत्वमा रहेको सेक्सनको मुख्य काम माइनिङको जिम्मेवारी कमरेड सागरलाई दिएको थियो । पढेका र सुनेका युद्ध इतिहास हामी आफैं युद्धमा प्रत्यक्ष सहभागी भए, लडे, रगतको खोला संग परिचीत भए, कायौ पटक मृत्युको मुखैमा पुगेर पनि पुन जिवनमा फर्किए, बम, बन्दुक, गोलि, घाइते हुनु, मर्नु र मार्नु पनि सामान्य थियो त्यो बेला हाम्रो त्यो इतिहास आज सुन्ने र पढ्नेहरुको लागी कथा जस्तै भएको छ । –जितेन्द्र तामाङ, पुर्वजनमुक्तिसेना नेपाल