धादिङका दावा लामाद्वारा ‘टफ मडर्स’ बाट SSAFA का लागि सहयोग सङ्कलन

Avatar photo
Lawong Bijay
आइतवार, अशोज १६, २०७९

धादिङ । धादिङमा जन्मेका ब्रिटिश एयर स्पेशलिष्ट दावा लामाको नेतृत्वमा शसस्त्र बलको परोपकारी संस्था SSAFA को लागि टफ मडरबाट £500 आर्थिक सहायता सङ्कलन गरेका छन् । लामाले ब्राइज नर्टनस्थित द्रूत कार्य बल (Rapid Action force -RAF)मा मार्च २०२१ मा सामेल भएका थिए ।

उनले आरएएफ हल्टनम आफ्नै फेज १ तालिमका अन्य तीनजना समकक्षीहरू र आफ्नी गर्लफ्रेन्ड बेथ टेलरसँग मिलेर ब्याड्मिन्टन शहरमा सहयोग सङ्कलन सुरु गरेका थिए । बेलायतको सबैभन्दा पुरानो त्रि-सेवा परोपकारी संस्था – SSAFA को लागि सहयोग कोषको आयोजना गर्नुको कारणहरू बताउँदै लामाले भने, “हाम्रो हल्टनमा पहिलो चरणको तालिमको क्रममा हामीले धेरै परोपकारी संस्थाहरूबाट फन्डरेजिङका बारेमा जानकारी लिएका थियौं जसबाट हामी र हाम्रो टिम प्रभावित भएका थियौँ । त्यस दिनदेखि यस्तो परोपकारी संस्थाको महान् कार्यमा थोरै भएपनि म पनि सहयोग गर्न चाहन्थेँ ।” लामाले भने, प्रत्येक सदस्यको सेवा बाहेक पनि अन्य धेरै सशस्त्र बलहरूसँग चिनजान रहेको छ, जसमा Gurkha मा २० वर्षभन्दा बढी सेवा गरेका उनका बुबा र आरएएफमा रहनुभएका उनकी प्रेमिकाका बुबा पनि रहेका छन् ।

त्यसका साथै SSAFA ले सशस्त्र बलका सेना तथा उनीहरूका परिवारलाई अमूल्य सहयोग गर्ने र यसले अन्य परोपकारी संस्थाहरू र विशेषज्ञहरूसँग सहकार्य गरी शारिरीक, मानसिक तथा सामाजिक मुद्दाहरूमा आवश्यक व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा विशेष सहयोग प्रदान गर्ने कुरा जानकारी दिए । SSAFA, सशस्त्र बल परोपकारी संस्थाले १८८५ देखि सेनामा कार्यरत कर्मचारीहरू र तिनीहरूका परिवारहरूलाई सहयोग गर्दै आएको छ ।