सल्यानटार जाँदै गरेको आईचर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यू, दुईको अवस्था गम्भीर

Avatar photo
Dhadingpost
शनिबार, अशोज १५, २०७९

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका २ सल्याटारमा हुने महोत्सवको लागि समान र मजदुर लिएर गएको आईचर गाडी नीलकण्ठ १० स्थित रमाईलो डाँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ भने २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ र

प्रहरीका अनुसार ना ४ ख ८०४१ नम्बरको गाडी दुर्घटनामा परि कपिलवस्तु घर भएका इन्द्रजित पासी र सद्दाम अन्सारीको मृत्यू भएको हो भने अन्य दुई जना विनोद चामर र तुलसीराज पासीलाई जिल्ला अस्पतालले काठमाडौं रिफर गरेको छ ।

घाईत अन्यको अवस्था सामान्य रहेको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम वि.क. ले धादिङपोष्टलाई बताए ।