धादिङ प्रहरीको १० अनुरोध, गाउँ जान लागेको भनेर पोष्ट नगरौं

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १४, २०७९

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले चाडपर्व सुरक्षा लक्षित गरेर १० बुँदे अनुरोध सार्वजनिक गरेको छ ।

यी हुन् प्रहरीको १० अनुरोध
१. आफ्नो घर र टोलमा शंकास्पद व्यक्तिहरुको गतिविधि देखिए तुरुन्त प्रहरीलाई खवर गरौं
२. छतमा चढेर यात्रा नगरौं, सडकको दायँ , बाँया जथाभावी पार्किङ नगरौं , ट्राफिक नियमको सधैं पालना गरौं
३. दशैं तिहारको बेला लामो समयसम्म घरमा कोहि पनि सदस्य नरहने गरि बाहि जानु परेमा घरको गेट, ढोका, चुकुल राम्रो सँग्ग बन्द गरौं र विश्वाशिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गराऔं ।
४. आफ्नो घर, टो, छिमेकमा आपतकानि साईरन र सीसीटीभी केमरा जडान गरौं ।
५. आफ्नो टोलमा जुवा नखेलौं, नखेलाऔं र खेल्ने व्यक्तिहरुबारे प्रहरीलाई समय मै खवर गरौं
६. सार्वजनिक स्थानमा धुम्रपान, मद्यपान, लागु औंषध, नशालु पदार्थ सेव नगरौं ।
७. मादक पदार्थ सेवन गरेर कहिल्यै सवरी साधन नचलाऔं
८. विद्युतिय माध्यामबाट मार्थ आर्थिक कारोवार गरौं नगदबाट गर्नु पर्दा उच्च सावधानी अपनाऔं ।
९. दशै तिहारको लागी गाउँ जान लागेको जस्ता क्याप्सन उल्लेख गरि सामाजिक संजालमा पोष्ट नगरौं ।
१०. भिडभाड हुने सार्वजनिक तथा धार्मिक स्थानहरुमा जाँदा भड्किलो र महंगो गर गहनाहरु नलगाऔं ।