नेत्रावती डवजोङ स्तरीय ब्याडमिन्टनको फाईनल आज

Avatar photo
Dhadingpost
बुधबार, अशोज ५, २०७९

काठमाडौ । काठमाडौंको तारकेश्वर नगरपालिका ५ लोलङ्ग स्थित हरियाली समाज ब्याडमिन्टन हलमा मंगलबारबाट सुरुभएको प्रथम नेत्रावती डवजोङ ब्याडमिन्टन प्रतियोगिताको फाईनल आज हुने आयोजकले जनाएको छ ।

नेत्रावती डवजोङ गाउँपालिका १ का वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता ठाकुर गुरुङले उद्घाटन गरे सँगै सुरुभएको उक्त प्रतियोगितामा १५ जोडी टिमले सहभागिता जनाएका छन् ।

ए, बि, सि र डि गरि ४ समुहमा बिभाजन गरि जोडी टिममा खेलाईएको प्रतियोगिताको पहिलो चरणका खेलहरु समाप्त भएको छ भने क्वाटरफाईनलका खेलहरु तथा सेमिफाईनल र फाईनल खेल साथै प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम आज असोज ५ गते हुने प्रतियोगिता संयोजक हस्त बहादुर गुरुङले बताए ।

प्रतियाेगितामा शेर बहादुर तामाङ्ग र हस्त बहादुर गुरुङ्गकाे जाेडी, बिजय गुरुङ्ग र दूध ब. गुरुङ्गकाे जाेडी, नकुल अधिकारी र काजिराम अधिकारीकाे जाेडी, सन्दिप गुरुङ्ग र नयन अधिकारीकाे जाेडी, गाेपी अधिकारी र नवीन अधिकारीकाे जाेडी, अशाेक गुरुङ्ग र अमर गुरुङ्गकाे जाेडी, गणेश था.म र दिल ब. गुरुङ्गकाे जाेडी साथै श्याम ब. गुरुङ्ग र सुरज गुरुङ्गकाे जाेडी क्वाटरफाईनल प्रबेश गर्न सफल भएका छन् ।

क्वाटर फाईनलका खेलहरु असाेज ५ गते बिहान ११ बजेबाट शुरु हुनेछ । तारकेश्वर नगरपालिकाका उपमेयर सृजना बुर्लाकाेटीकाे प्रमुख आतिथ्यतमा दिउसाे ३ बजे हुने समापन तथा पुरस्कार बितरण कार्यक्रममा च्याम्पियन हुने टिमले नगद, ट्रफि, मेडल र प्रमाणपत्र साथै उपबिजेता हुने टिमले नगद, मेडल र प्रमाणपत्र पाउने प्रतियाेगिता व्यवस्थापक फणिन्द्र गुरुङले बताए । यो प्रतियोगिता मार्पाक भेट्रान्स ब्याडमिण्टन टिमले आयोजना गरेको हो ।