
काठमाडौं । साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलोपटक बंगलादेश र नेपाल उपाधिको लागि भिड्दै छन् । सोमबार दशरथ रंगशाला नयाँ इतिहासको साक्षी बन्न गईरहेको छ । पहिलोपटक महिला साफले नयाँ विजेता पाउँदैछ ।
साफमा पाँचौ पटक नेपालले फाइनल खेल्न गईरहेको छ भने बंगलादेश २०१६ पछि फेरि फाइनल पुगेको छ । लगातार भारतसँग फाइनलमा पराजित हुँदै उपाधि बिमुख बनेको नेपालले घरेलु भुमिमा पहिलोपटक ट्रफी उचाल्ने सपना बुनेको छ ।
नेपालको टिम : एन्जिला, पुनम, गीता, अमृता, हिरा, सरु, अनिता बस्नेत, अनिता केसी, दिपा शाही, रश्मी, साबित्रा
