नुवाकोटमा म्यागङ कप भलिबल हुँदै, धादिङका पालिकाले पनि भाग लिन पाउने

Avatar photo
Dhadingpost
भदौ ३०, २०७९

धादिङ । नुवाकोटमा अन्तरपालिका स्तरीय प्रथम म्यागङ अध्यक्ष कप पुरुष भलिबल असोज ३ गतेबाट हुंदैछ । उक्त प्रतियोगितामा धादिङका पालिकाहरुले समेत भाग लिन पाउने आयोजकले जनाएको छ ।

प्रथम पुरस्कार १ लाख द्वितिय पुरस्कार ५० हजार र सान्तोना पुरस्कार १०/१० हजार रहेको यस प्रतियोगिताको आयोजना किम्ताङ खेलकुद विकास समिति र द राईजिङ मंगोलियन युवा क्लवले गरेको हो ।

नुवाकोट बाहेक छिमेकी जिल्लाहरु धादिङ, रसुवाका र मकवानपुरका पालिकाहरुले पनि यस प्रथम म्यागङ कप भलिबल प्रतियोगितामा भाग लिन पाउने वडा नम्बर ४ का वडा सदस्य दिनेश गुरुङले धादिङपोष्टलाई बताए ।

एक पालिकाका खेलाडी अर्को पालिकामा गएर खेल्न नपाईने यस प्रतियोगिता म्यागङ वडा नम्बर ४ स्थित किम्ताङ ठुलोगाउँमा असोज ८ गते सम्म हुने बताईएको छ ।