गोरखा स्थित बोर्लाङमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
भदौ ३०, २०७९

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ बोर्लाङ स्थित सरस्वती माविको खेल मैदानमा  असोज १२ गते देखि १६ गतेसम्म गण्डकी प्रदेशस्तरीय ‘बोर्लाङ भीमसेन थापा कप भलिबल प्रतियोगिता २०७९’ हुने भएको छ ।

प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ३० हजार सहित कप, मेडल र प्रमाणपत्र, दोस्रो र तेस्रो हुने टिमले क्रमश ७० हजार, ३५ हजार सहित कप, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष श्रेष्ठले बताए । चौथो हुने टिमले नगद १५ हजार सहित प्रमाण पाउने उनले जानकारी दिए । पुरुष भलिबल प्रतियोगिता बेष्ट प्लेयरले ५ हजार, वेष्ठ स्पाईकर, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर, वेष्ट सर्भर, वेष्ट सेटर र वेष्ट कोचलाई २/२ हजार सहित मायाको चिनोले सम्मान गर्ने बताइएको छ ।

त्यस्तै, प्रदेशस्तरीय खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ७० हजारसहित कप, मेडल र प्रमाणपत्र, दोस्रो, तेस्रो हुने टिमले क्रमश नगद ४०-२० हजार सहित कप, मेडल प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा सान्त्वना हुने टिमले नगद ५ हजार पाउने उनले जानकारी दिए । खुल्ला महिला भलिबल प्रतियोगितामा वेष्ट प्लेयरलाई ३ हजार र वेष्ट स्पाईकर, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर, वेष्ट सर्भर, वेष्ट सेटर, वेष्ट कोचलाई एक/एक हजार नगदले सम्मान गर्ने बताइएको छ ।

आयोजक बोर्लाङ खेलकुद विकास समितिका अध्यक्ष निराजन श्रेष्ठका अनुसार गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालनका गर्नका लागि करिब २१ लाख लाग्ने अनुमान गरिएको छ ।

हाल भीमसेन थापा गाउँपालिका वडा नं ६ बाट डेढ लाख, वडा नम्बर ८ बाट ५० हजार, गाउँपालिकाको तर्फबाट दुईलाख बिनियोजन गरिएको छ । बाँकी रकम जुटाउने क्रममा रहेको आयोजकले जनाएको छ । गोर्खालीहरु आबद्ध रहेका विदेशमा रहेका विभिन्न संघसस्थाबाट पनि पाँच लाख दिने प्रतिबद्धता आएको छ ।