महिला साफको पहिलो खेल आज नेपाल र भुटान बीच हुने

Avatar photo
Dhadingpost
भदौ २१, २०७९

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मंगलबारबाट काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको पहिलो खेल आज साँझ ५ः३० बजे देखि नेपाल र भुटान बीच हुने छ ।

साफ च्याम्पियनसिपका लागि नेपाली टोली
गोलकिपर– एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
रक्षक– हिराकुमारी भुजेल, अमृता जैसी, गिता राना, पुनम जर्घा मगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विके
मिडफिल्ड– विमला चौधरी, मन्जली कुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्ड– अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् भने समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान छन् ।