नीलकण्ठ माविले भव्य समारोहका बीच एसईई र १२ का विद्यार्थीलाई विदाई?

Avatar photo
Dhadingpost
आइतवार, भदौ ५, २०७९

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नमुना विद्यालय नीलकण्ठ माध्यामिक विद्यालयले भव्य समारोहका बीच एसईई उत्रिर्ण र कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीलाई विदाई, अभिभावकहरुलाई सम्मान गरेको छ । एसईईमा जिल्लाभरमै सर्वोकृष्ट नतिजा ल्याउन सफल यस विद्यालयले ऐतिहासिक उपलब्धीका रुपमा लिँदै आज एक विशेष समारोहको आयोजना गर्दै स्वागत, सम्मान तथा विधाईको कार्यक्रम गरेको हो ।

२०७८ सालको एस.इ.इ परीक्षामा नीलकण्ठ माध्यमिक विद्यालयबाट सहभागी अनिषराज प्रजापती ३.९५ जिपिए ल्याइ जिल्ला प्रथम, ३.९० जिपिए ल्याइ दिवस अधिकारी जिल्ला द्धितीय र ३.८५ जिपिए ल्या कञ्चना अधिकारी जिल्ला तृतीय तथा छात्रातर्फ जिल्ला प्रथम भएका थिए । कार्यक्रममा उत्कृष्ठ जिपिए ल्याउने ६ जना विद्यार्थीहरुलाई अंग्रेजी विषयका शिक्षक दिपक सिटाैलाले व्यक्तिगत नगद १५ हजार प्रदान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द लम्सालको अध्यक्षतामा भएको उक्त समारोहमा वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी नवराज लम्सालको प्रमुख आतिथ्य, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख यम बहादुर खड्का, नीलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख नारायण प्रसाद वाग्ले लगायतको आतिथ्यता रहेकोको थियो ।

कार्यक्रममा विद्यलयका प्रधानाध्यापक ध्रुव अधिकारीले नीलकण्ठ माविमा २६ सयको हाराहारीमा अहिले विद्यार्थी अध्ययनरत रहेको, अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाई हुने गरेको जानकारी गराएका थिए । आधाभुत तह देखि नै कम्प्युटर शिक्षा, बिषय विज्ञ शिक्षक, कक्षा ९ देखि १२ सम्म प्राविधिक तर्फ  Civil Engineering को कक्षा संचालन विद्यालय लाईबेरी, सुविधा सम्पन्न विज्ञान, Computer प्रयोगशाला, विद्यालय नर्स नै नीलकण्ठको आकर्षण रहेको समेत प्रधानाध्यापक अधिकारीले बताएका थिए । फोटो सौजन्यः दिपेन्द्र रिजाल