प्रहरी परिवार महिला संघ धादिङले वृक्षारोपण गर्दै वार्षिक उत्सव मनायो

Avatar photo
Dhadingpost
भदौ ३, २०७९

धादिङ । प्रहरी परिवार महिला संघ धादिङले आफ्नो ३८ औं बार्षिक उत्सव, वृक्षा रोपण गर्दै मनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङको परिसर भित्र संघले आयोजना गरेको वृक्षा रोपण कार्यक्रममा धादिङका प्रहरी प्रमुख राकेश सिंह, सकल दर्जाका प्रहरी र कर्मचारीहरुको उपस्थित रहेको थियो ।

वृक्षा रोपाणमा तेजपता, अम्बा, धुपी, बयर, कपुर, निम, कागती लगायत विभिन्न प्रजातीका १२० वटा बिरुवा रोपिएको संघले जनाएको छ ।