
सुन्दर लामा
धादिङ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धादिङको छैठौं पुर्ण बैठक मंगलवार जिल्ला सदरमुकाम धादिङबेसीमा सम्पन्न भएको छ ।
जिल्ला सेक्रेटरी सृजनको संचालनमा भएको बैठकले महाधिवेशन विशेष अभियानलाई जोड दिने निर्णय गरेको छ, भने पार्टीका नेतृत्व सहित शिर्ष नेताहरु माथी ललितपुर जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी तीन बुँदे सहमति विपरीत भएको र सरकारका यस्ता रवैयाले देश द्वन्द्व तिर धकेल्न खोजेको निकर्ष निकालेको छ ।
ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि ४ दलीय मोर्चाले चरणवद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । संघर्षका कार्यक्रमलाई दृढतापुर्वक कार्यान्वयन गर्ने निर्णय समेत जिल्ला बैठकले गरेको छ ।
