बन्दुकसहित एक जना पक्राउ

Avatar photo
Dhadingpost
भदौ १, २०७९

नुवाकोट । नुवाकोटको पुर्वी भेगमा रहेको आँपबोटबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका-४ बानियागाउँबाट ४० वर्षीय सन्तबहादुर गुरुङ पक्राउ परेका हुन् ।

बाटोमा भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरी चौकी झिल्टुङको प्रहरी टोली गस्ती गर्दै गाउँ जाने क्रममा उनलाई नियन्त्रणमा लिई नुवाकोट अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भई रहेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।