टान निर्वाचन: शेर्पाहरुको समर्थन सापकोटा प्यानललाई

Avatar photo
Dhadingpost
शनिबार, साउन २८, २०७९

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को हरेक निर्वाचनमा निर्णयक शक्तिका रुपमा रहँदै आएको शेर्पा पर्यटन व्यवसायीहरुको भोट यो पटक कमल सापकोटाको प्यानललाई आउने भएको छ । शुक्रबार काठमाडौंको सुकेधारास्थित एक रेष्टुरेन्टमा आयोजित शेर्पा पर्यटन व्यवसायीहरुले यो पटक कमल सापकोटाको प्यानललाई सघाउने निर्णय गरेका हुन् ।

भेलामा बोल्दै नेपाल पर्वताराहण संघका वर्तमान अध्यक्ष निमानुरु शेर्पाले पार्टीगत भन्दा पनि अनुभवी र वास्ताविक व्यवसायीहरुको आवाज उठाउन सक्ने सक्षम नेतृत्व आज टानले खोजिरहेको भन्दै त्यो कुरा कमल सापकोटाले नेतृत्व गरेको टिम जित्दाखेरी पूरा हुने बताए ।

कमल जिलाई मैले चिनेको २५ वर्ष भयो’ शेर्पाले अगाडि भन्नुभयो, ‘उहाँ अत्यान्तै बोलेको कुरा पूरा गर्न सक्ने नेतृत्व हुनुहुन्छ । त्यसमा पनि शेर्पा समुदायलाई उहाँले निकै सहयोग पनि गरिराख्नुभएको छ । उहाँ लगायत उहाँको टिममा रहेका सबैजना अनुभवी, समावेशी र सक्षम छन् त्यस कारणे यो पटक शेर्पाको भोट सापकोटा प्यानललाई उनले भने ।

यस्तै नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य तथा वरिष्ठ पर्यटन व्यवसायी फुर्वा ग्याल्जेन शेर्पाले कमल सापकोटा प्यानललाई आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गर्दै सबै मिलेर यो टिमलाई जिताउनुपर्ने बताएका थिए । ‘कमल सापकोटा जि थोरै बोल्ने धेरै काम गर्नुहुन्छ, स्पष्ट वक्ता हुनुहुन्छ, टेकिङ व्यवसाय बुझेको र माथिल्लो निकायहरुमा लबिङ गर्नसक्ने नेतृत्व हुनुहुन्छ । तसर्थ, उहाँले नेतृत्व गरेको सक्षम र समावेशी टिमलाई जिताउनुपर्छ ।’ उनले भने ।

कार्यक्रममा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष सन्तबीर लामाले कमल सापकोटाले नेतृत्व गरेको टिम सक्षम र समावेशी रहेको बताउँदै टानलाई ट्रयाकमा ल्याउनका यो टिमलाई जिताउनुपर्ने दावी गरेका थिए ।

राम प्रसाद सापकोटा (कमल) को प्यानललाई कमल एमाले निकट पर्यटन व्यवसायीहरु, नेत्र विक्रम चन्द (विप्लप), मोहन वैद्य, बाबुराम भट्टराई, जसपा निकट पर्यटन व्यवसायीहरुले पनि सहयोग गर्ने घोषाणा गरि सकेका छन् । टानको निर्वाचन यहि साउन ३० गते सम्पन्न हुँदैछ ।

कमल सापकोटा समुहको उम्मेदवारहरु
अध्यक्षमा रामप्रसाद सापकोटा (कमल), वरिष्ठ उपाध्यक्षमा सरिता लामा, प्रथम उपाध्यक्षमा देबेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज), कोषाध्यक्षमा प्रमिला देबकोटा पाण्डे, सह कोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पा, सचिबमा हरि कडरिया, सदस्यमा दोर्जे तामाङ, बिनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा खनाल, कृष्ण बहादुर परियार, रामचन्द्र लामिछाने, शरण अधिकारी रहेका छन् ।

निलहरी बास्तोला समुहको उम्मेदवारहरु
अध्यक्षमा निलहरी बास्तोला, वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा बिनोद सापकोटा (बाबू), कोषाध्यक्ष पुरुषोतम तिमल्सिना, सह कोषाध्यक्षमा छिङ दोर्जी शेर्पा, सचिबमा होमनाथ भट्टराई, सदस्यमा गणेश बहादुर अधिकारी, कुमार लामा, नबिननाथ देबकोटा, लाक्पा दोर्जे शेर्पा, सजना त्रिपाठि, हेम कार्की, सुबास भण्डारी, राजु अर्याल र राम प्रसाद बन्जारा उम्मेदवार बनेका छन ।