धादिङबेसीमा लाखेजात्रा, गाईजात्रा र रोपाईजात्राको भव्य तयारी

Avatar photo
Dhadingpost
साउन २३, २०७९

धादिङ । हरेक वर्ष धादिङबेसीमा लाखेजात्रा, गाईजात्रा, रोपाई र रथ जात्रा गर्दै आएको झिँगु नेवा समाजले यो वर्ष पनि निरन्तरता दिने भएको छ । नेवारी कला संकृति झल्कने कार्यक्रमको तयारी गरिएको विष्णुलाल श्रेष्ठले धादिङपोष्टलाई बताए ।

श्रेष्ठका अनुसार साउन २६ गते लाखेजात्रा, २७ गते गाईजात्रा, २८ गते रोपाई जात्रा, भदौ ४ गते रथयात्रा र भदौ १४ गते तिज विशेष जात्रा गरीने छ ।

धादिङबेसी सदरमुकामको बजार, टोल-टोलमा लाखे, टाकटुके नाँच र रथयात्रा पुर्यार्ईने अन्य विभिन्न क्षमता प्रदर्शन गर्न सक्ने सिप एवम् कौशल प्रदर्शन हुने श्रेष्ठले बताए ।