अनेरास्ववियुद्धारा धादिङका एसईई उर्तिण विद्यार्थीलाई सम्मान

Avatar photo
Dhadingpost
साउन २२, २०७९

धादिङ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विगतका वर्षहरुमा जस्त यो वर्ष पनि धादिङका एसईई उर्तिण विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ ।

धादिङबाट एसईई उर्तिण विद्यार्थीलाई बधाई तथा सम्मान गर्न केन्द्रिय अध्यक्ष अध्यक्ष सुनीता बराल समेत धादिङबेसी आएकी थिईन । जिल्लाका सामुदायिक तथा निजी विद्यालयका ३०० जना भन्दा बढि विद्यार्थीहरुलाई सम्मान गरिएको अनेरास्ववियु जिल्लाका अध्यक्ष रक्तिम रेग्मी बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य खेम प्रसाद लोहनी, नेकपा एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठी, अनेरास्ववियु केन्द्रिय कमिटिका उपाध्यक्ष एवं बागमती प्रदेश ईन्चार्ज उमेश आचार्य, अनेरास्ववियु स्थायी कमिटीका सदस्य एवं बागमती प्रदेश संयोजक सन्तोष राना क्षेत्री, स्थायी कमिटी सदस्य संजय दुवाडी, सजिना थापा मगर लगाएत काठमाडौं उपत्यकामा संचालित विभिन्न क्याम्पस र कलेजका संचालक तथा प्रिन्सिपलहरुको आतिथ्यता रहेको थियो ।