
धादिङ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा धादिङ तर्फ आउँदै गरेको माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
घाइतेहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरु धादिङस्थित एक बैंकको कर्मचारी रहेको बताईएको छ ।
दिउँसो करिब ४ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको नामः
१.टिकाराम श्रेष्ठ (धादिङ)
२.प्रमिला भट्ट (धादिङ)
३.सरोज खतिवडा (धादिङ)
४.दीपा रेग्मी (धादिङ)
५.जीवन कुमार (नुवाकोट)
६.उपेन्द्र भण्डारी (नुवाकोट)
७.सुजन आचार्य (धादिङ)
८.सरोज मोक्तान (मकवानपुर)
९.सावित्री सापकोटा (धादिङ)
१०.स्वस्तिका आचार्य (धादिङ)
११.विकास संजेल (ललितपुर)
१२.मनोज भण्डारी (धादिङ)
१३.सुवास नेपाल (नुवाकोट)
१४.धर्मबहादुर खड्का (दोलखा)
१५.प्रकाश अधिकारी (धादिङ)
१६.सनिशा अधिकारी (धादिङ)
१७.रोजिना श्रेष्ठ (धादिङ)
१८.अन्जेल कुमाल (भरतपुर)
