
धादिङ । धुनिबेशी नगरपालिका-९ घर भएका २७ वर्षीय विकास थापा ठगि गरेको अभियोगमा पक्राउ परेका छन् । दुबई पठाई दिन्छु भन्दै ११ लाख गगि गरेको आरोपमा उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
दुबई जानका लागि प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्ने र उता मासिक एक लाख रूपैयाँ भन्दा बढी तलबमा प्रतिष्ठित होटलमा बाउन्सर र सेक्युरिटी गार्डको काममा लगाईदिने प्रलोभन देखाई उक्त रकम ठगि गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ वसुन्धाराबाट उनलाई पक्राउ गरेको थियो ।
