आहालेका अनिष मगरको शव नालीमा भेटियो

Avatar photo
Dhadingpost
असार ३०, २०७९

गोरखा । गोरखा बजारस्थित खोलखोले नजिकै एक युवकको शव फेला परेको छ । उक्त शव गोरखा नगरपालिका वडा नम्वर ८ आहालेका २१ वर्षीय अनिष मगरको रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

नालीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चोटपटक लागेको देखिएकोले उनीमाथि कसैले कुटपिट गरेको हुनसक्ने अनुमान भएपनि घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सांकेतिक तस्बिर