गजुरीकी सुरभी, थाइल्याण्डमा हुने किड्स स्टार सहभागी हुने

Avatar photo
Dhadingpost
असार ३०, २०७९

धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरीकी सुरभी शाक्यले थाइल्याण्डमा हुने ‘ किड्स स्टार इन्टरनेशनल २०२२’ सहभागिता जनाउने भएकी छन् । नेपालको प्रतिनीधित्व गर्दै धादिङ गजुरीकी सुरभीले लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेस २०२ ओको गुप्र बीको तर्फबाट विजेता बने सँगै आगामी डिसेम्बरमा थाइल्याण्डमा हुने ‘ उक्त प्रतियोगितामा सहभागि हुने भएकी हुन् ।

सुरभीका बुबा कविन शाक्यले ‘सुरभीको चाहना अनुसार नै आफूहरुले अघि बढ्नका लागि प्रेरित गरिरहेको र लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेसको विजेता भएपछि संभावनाका ढोका खुलेको बताए । थाइल्याण्डमा हुने प्रतियोगितामा सुरभी र इशानीका साथै अन्य ३० देशका प्रतिस्पर्धी सहभागी हुने छन् । प्रतियोगिता १० दिनसम्म चल्ने बताइएको छ ।

सुरभी सानैदेखि नै सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएकी छन् । उनका मातापिताको अग्रसरतामा आफ्नै नाम सुरभी फाउण्डेशनबाट उनले सामाजिक काम गर्दै आएकी छन् । केही समय अघि फाउण्डेशनको माध्यमबाट सुरभीले धादिङका चेपाङ बालबालिकाहरुलाई लत्ताकपडाका साथै खाद्यन्न समेत सहयोग गरेकी थिइन् । सामाजिक कार्यमा उनलाई परिवारले समेत राम्रो सहयोग गर्दै आएको छ ।