मंसिर २ मा चुनाव गर्न आयोगको सुझाव

Avatar photo
Dhadingpost
असार २३, २०७९

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन आगामी मंसिर २ गते एकैचरणमा सम्पन्न गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ।

निर्वाचनको मिति तोक्ने सम्बन्धमा बुधबार सुझाव तथा परामर्शको लागि प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोली पुगेको थियो।

टोलीले मंसिर २ गते नै निर्वाचन गर्न सुझाव दिएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो मितिबारे सरकारलाई आयोगले स्पष्ट पार्दै चुनावी मितिको निर्णय लिनसमेत आग्रह गरेको छ। नयाँ पत्रिकाबाट