
धादिङ । दुई वर्ष अघि पहिरोबाट विस्थापित बनेका गजुरी बाह्रबिसेका १८ घरधुरीको माग अहिले सम्म पुरा हुन सकेको छैन । पहरोबाट विस्थापित भए लग्गतै गजुरीका प्रकाश उप्रेती र पुष्प उप्रेतीले अस्थायी वसोबासको लागि जग्गा दिएका थिए ।
उनीहरुको अस्थायी बसोबास स्थलमा कयौं पटक मन्त्री देखि दलका नेताहरु भेटघाट र दैनिक भोजनको राहत लिएर पुगे अनि छिट्टै सुरक्षित स्थायी वसोवासको लागि व्यवस्था गरि दिने प्रतिवद्धता गर्दै फर्किए ।
आसै आसमा २ वर्ष विताएका उनीहरुको नेतृत्व गर्दै स्थायी बसोबासको माग गरेको पत्र बुझाउन गजुरी चामबास बाह्रबिसेका हर्कबहादुर तामाङ दुईवर्ष पछि आज जिल्ला प्रशासन कार्यालय धादिङबेसी आईपुगे ।
यस अघिका समाचारहरु
- गजुरीमा १८ घर विस्थापित, मन्त्री जम्कट्टेलद्वारा स्थलगत निरिक्षण
- गजुरीका १८ घर पहिराे विस्थापितलाई अस्थायी टहरा बनाउन प्रकाश र पुष्ष उप्रेतीद्वारा जग्गा प्रदान
- गजुरीको १८ घरधुरी पहिरो पिडितहरुलाई राखिएको अस्थायी बस्तीमा खानेपानी र विद्युतको भएन
पहिरोबाट विस्थापित बने सँगै बागमती प्रदेशका तात्कालिन आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले स्थलगत निरिक्षण प्रमुख जिल्ला अधिकारी र गाउँपालिका प्रमुखलाई तत्काल अस्थायी बसोबास मिलाउन निर्देशन गरेको ठिक २ वर्ष पछि उनी आज सीडीओलाई माग पत्र बुझाउन आएका हुन् । माथिको भिडियो २ वर्ष अघि लिईएको हो ।
