
काठमाडौं । पूर्व संचारकर्मी रविलामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा १८७ नम्बरमा दर्ता भएको छ । भने चुनाव चिन्ह गोलाकार भित्र घण्टी पाएका छन् ।
पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो । पार्टीका प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनावचिन्ह गोलाकारभित्रको घण्टी पाएको बताए ।
राजनीतिक दलको नाममा स्वतन्त्र शब्द राख्न नपाइने भन्दै कतिपयले निर्वाचन आयोगमा उजुरी समेत दिएका थिए । लामिछानेले आयोगमा दल औपचारिकरुपमा दर्ता भएसँगै अब जनताको बीचमा जाने बताए। ‘राजनीतिक दल दर्ता भएको छ।
अब जनताको बीचमा जानुपर्ने हुन्छ,’ आयोग परिषरमा उनले भने, ‘हामीले थोरै कुरा मात्रै भन्न पाएका छौं । अब हामी पार्टी निर्माण गर्न जनतामा जान्छौं र आफ्ना कुरा भन्दै जान्छौं ।’
