भोली धादिङमा विद्युत आपूर्ति सेवा बन्द

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०७९

धादिङ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै भोली जेष्ठ २१ शनिबार धादिङबेसी, सल्यानटार र जहरे सबश्टेशनबाट सप्लाईहुने विद्युत सेवा बन्द हुने जनाएको छ ।

देविघाट धादिङ ३३ केभी प्रसारण लाईन नुवाकोटको रातमाटेमा मर्मत गर्नु पर्ने हुँदा दिउँसो १२ बजे देखि बेलुका ४ बजे सम्म विद्युत आपूर्ति सेवा बन्द हुने प्राधिकरणले जनाएको हो ।