
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा आईतबार बेलुकी ७ बजे खाना पकाउने क्रममा ग्याँस पडकेर आगलागी हुदाँ तीन बालबालिकाको निधन भएको छ ।
वडाका अध्यक्ष सुरज तामाङले लामाटोलका मीनबहादुर तामाङका अनुसार घरमा ग्याँस पडकेर आगलागी हुदाँ मीनबहादुरका १० बर्षका छोरा इशाक तामाङ, भाई कुमार तामाङको ५ बर्षीय छोरा सरगम तामाङ र पदम तामाङकी २ बर्षीया छोरी दिब्या तामाङ घरभित्रै जलेर निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले घाइते मीनबहादुरलाई उपचारका लागि काठमाडौं लगिएको बताए ।
